धनगढी । कैलाली र कञ्चनपुरमा फरार रहेका दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-५ जाई बस्ने ४३ वर्षको सुरेश ओझालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिबाना तोकिएर फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेश गरेको जनाएको छ ।
त्यस्तै, जिल्ला अदालत कञ्चनपुरको २०७३ जेठ ४ गतेको फैसलाले सार्वजनिक हित स्वास्थ्य सुरक्षा मुद्दामा २ हजार रुपैयाँ जरिबाना तोकिएका वेदकोट नगरपालिका-१० नयाँगाउँ बस्ने ३० वर्षका विनोद रावललाई प्रहरी चौकी सुडाको टोलिले सोमबार पक्राउ गरी अदालतमा पेश गरेको बताएको छ ।
प्रतिक्रिया