ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा रुखबाट खसेर महिलाको मृत्यु

मङ्गलबार १५, माघ २०८१ ११:०६

धनगढी । कैलालीमा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-१ की ५७ वर्षीया जोगादेवी साउदको रुखबाट खसेर मृत्यु भएको हो । 

सोमबार बेलुका घर नजिकैको मोहन्याल सामुदायिक वनमा घाँस काट्न गएकी उनी रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन् । सुखडमा सामान्य उपचारपछि निसर्ग अस्पताल धनगढी ल्याइएकी उनको हिजो राति नै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । 

प्रतिक्रिया