धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् । घोडाघोडी नगरपालिका-१, सुखड-बेलार भित्री सडकखण्डमा घोडाघोडी-१ कै ६१ वर्षीय उद्धव बोहराले चलाएको सुपप्र ०१००९ प १३१७ नम्बरको मोटरसाइकलले बालिकालाई ठक्कर दिएको हो ।
सोमबार दिउँसो भएको दुर्घटनामा सोही ठाउँकी ७ वर्षीया हिमानी बम घाइते भएकी कैलाली प्रहरीले बताएको छ । उनको सुखडमा उपचार भइरहेको छ । मोटरसाइकल चालक बालिकाको उपचारमा संलग्न रहेका र बालिकाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया