धनगढी । कैलाली-कञ्चनपुरमा तीन लाख बढीको अवैध सामान बेवारिसे अवस्थामा फेला परेको छ । दुबै जिल्लाका विभिन्न स्थानमा तीन लाख ४३ हजार ३६५ मूल्य बराबरको अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।
सोमबार धनगढी उपमहानगरपालिका-२ सिसा पोष्ट, धनगढी-१० गणपती इटाभट्टा नजिक र धनगढी-४ बसपार्कबाट अवैध रुपमा भन्सार छली ल्याएका अन्दाजी १ लाख ८ हजार ८० मूल्यको मोबाइल डिस्प्ले, गुट्खा, पान, सोडा, प्लाष्टिक लगायतका किराना सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भन्सार कार्यालय नजिक र बेलौरी नगरपालिका-६ बैशाखीबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख ३५ हजार २८५ मूल्यको चिनि, प्लाष्टिकको रस्सी, नल्का, फरुवा, मोटर सकेट, नल्काको रड लगायत हार्डवेयर तथा किराना सामनहरु लु ३ प ८८१३ नम्बरको मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।
प्रतिक्रिया