बैतडी । बैतडीमा पासोमा फसेको चितुवाको उद्धार गरिएको छ । दशरथचन्द नगरपालिका-८, त्रिपुरासुन्दरी मन्दिर नजिक बँदेल नियन्त्रणका लागि थापिएको पासोमा फसेको चितुवाको सोमबार राति उद्धार गरिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कञ्चनपुरको टोली, डडेल्धुराबाट आएका पशु डक्टर, र डिभिजन वन कार्यालयका वन अधिकृत नरेश कर्णसहितको टोलीले संयुक्त रूपमा चितुवाको उद्धार गरेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरतप्रसाद भट्टले बताए ।
चितुवाको उमेर ५ देखि ६ महिना रहेको अनुमान गरिएको छ। उक्त चितुवाको डिभिजन वन कार्यालय बैतडीमा राखेर उपचार गरिँदैछ ।
प्रतिक्रिया