धनगढी । कञ्चनपुरमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेका तीन जनामध्ये दुई जना २० वर्षपछि पक्राउ परेका हुन् भने एक जना १३ वर्षपछि पक्राउ परेका छन् ।
अदालतबाट भवितव्य ज्यान मुद्दामा २०६८ जेठ २५ गते फैसला भई २०० रुपैयाँ जरिबाना तोकिई फरार रहेका दोधारा चाँदनी नगरपालिका-२ पुरानोबस्ति बस्ने हेमराज न्यौपाने मंगलबार पक्राउ परेका प्रहरीले बताएको छ ।
त्यस्तै, गाली बेइज्जति मुद्दामा २०६१ मंसिर १२ गते फैसला भई ५०० रुपैयाँ जरिबाना तोकिई फरार रहेका दोधारा चाँदनी-१ बस्ने बेलबहादुर राना र सोही मुद्दामा २०६१ कार्तिक २४ गते फैसला भई २०० रुपैयाँ जरिबाना तोकिई फरार रहेका दोधारा चाँदनी-५ बस्ने भक्तबहादुर सुनार पनि हिजो नै पक्राउ परेका प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
तीनै जनालाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा पेश गरेको बताएको छ ।
प्रतिक्रिया