धनगढी । कैलाली र डडेल्धुरामा खैरो हेरोइनसहित तीन युवक पक्राउ परेका छन् । मंगलबार बेलुकी टीकापुर नगरपालिका-९ खक्रौलाबाट जानकी गाउँपालिका-२ बस्ने २३ वर्षीय सिदार्थ भनिने गगन चन्द र दैलेखको आठबिस नगरपालिका-४ मेल्तडी बस्ने २३ वर्षीय दिपेन्द्र माझी लागुऔषधसहित पक्राउ परेका हुन् ।
उनीहरुलाई ७३० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
यसैगरी हिजो नै राति ११ बजे डडेल्धुराको आलिताल गाउँपालिका-१ चपरचानीबाट डोटीको जोरायल गाउँपालिका-३ चनकट्टे बस्ने २२ वर्षीय जितेन्द्र खत्रीलाई ०.४३ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया