ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदी मिश्रित पदक

मङ्गलबार २२, माघ २०८१ ०४:४७

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना कर्मचारीलाई सुन र चाँदी मिश्रित पदक प्रदान गरेको छ । टेलिकमका २०१ जना कर्मचारीले दीर्घ सेवा पदक पाएका हुन् । 

टेलिकमले २१ औं वार्षिकोत्सवका अवसरमा प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत २०१ जना कर्मचारीलाई ५ ग्राम सुन र २ तोला चाँदीमिश्रित पदक प्रदान गरेको हो । 

उनीहरुलाई एक महिना बराबरको तलब समेत थपेर दिइएको छ । २० वर्षभन्दा बढी काम गरेर दीर्घसेवा पदक प्राप्त गरेका सो संख्याका कर्मचारीलाई पदक र एक महिनाको तलबसहित सम्मान गरिएको बताइएको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल तथा प्रबन्ध निर्देशक संगीता पहाडीको उपस्थिीिस्थति रहेको कार्यक्रममा उनीहरुलाई उक्त पदक हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया