ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी आउँदै गरेको बस दुर्घटना, चार जना घाइते

मङ्गलबार २२, माघ २०८१ ०५:४६

धनगढी । काठमाडौंबाट धनगढी आउँदै गरेको बस कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा दुर्घटना भएको छ । सु.प.प्र ०४–००१ ख ००२ नम्बरको ४५ जना यात्रु बोकेको बस आज दुर्घटना भएको हो । 

दुर्घटनामा परी चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा दार्चुलाकी २२ वर्षीया सपना बोहराको पेटमा चोट लागेको छ । उनको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । अन्य तीन जना सामान्य घाइते र बाँकी अरू यात्रु सकुशल रहेका जनाइएको छ । 

सडक छेउको नालीमा बस आफै पल्टेको हो । 

प्रतिक्रिया