ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सरस्वतीको मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु

बुधबार २३, माघ २०८१ १२:४३

रौतहट । सरस्वतीको मूर्ति सेलाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजदेवी नगरपालिका-७ मुडवलवाका २२ वर्षीय सुरज यादव रहेका छन् । 

राजदेवी-६ मा रहेको बाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा यादव डुबेर बेपता भएका थिए । मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले उनको खोजी गरिरहेका थिए । उनको शव आज बिहान उनी डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले बताए ।

प्रतिक्रिया