ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा अवैध सामान नियन्त्रणमा

बिहिबार २४, माघ २०८१ १२:४४

धनगढी । कञ्चनपुरमा प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको छ । बुधबार भीमदत्त नगरपालिका-१० जिमुवा र बेलौरी नगरपालिका-६ बैशाखाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ८ हजार ५३० मूल्यको सामान प्रहरीले नियन्त्रणमा लिएको हो । 

चिनी, नमकिन, बिडी, सुर्ती, खाने तेल, साडी, धोती, थान कपडा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया