ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा स्कुलबाट घर फर्किरहेकी किशोरीमाथि बलात्कार

आइतबार २७, माघ २०८१ १०:२८

धनगढी । धनगढीमा स्कुलबाट घर फर्किरहेकी एक किशोरीमाथि बलात्कार भएको छ । बाजुराको खप्तडछेडेदह गाउँपालिका घर भई धनगढीमा अध्ययन गर्दै आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले बताएको छ । 

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्दै आएकी ती किशोरीमाथि बिहीबार साँझ जबरजस्तीकरणी गरिएको कैलाली प्रहरीले बताएको छ । प्रहरीका अनुसार धनगढी–२ नै बस्ने १८ वर्षीय युवकले उनलाई सडकमा रोकेर चक्कु देखाउँदै आफूसँग नगए मारिदिने धम्की दिई आफ्नो घर लगेका थिए । जबरजस्तीकरणी गरेर युवक भागेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको र जबरजस्तीकरणी गरेर फरार रहेका युवकको खोजी भइरहेको बताए । पीडित किशोरी धनगढीमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया