धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–१, मुडामा रहेको बादी बस्तीमा पुग्दा धेरैका घरमा नास्ता पसल राखेको देखिन्छ । अधिकांश पसल सुनसान छन् । ६५ वर्षीय बुन्द्री बादीले काम नपाएर बस्तीका युवकयुवती सबै कुलतमा लाग्न थालेको बताए ।
आफूहरुको मुख्य समस्या बेरोजगारी रहेको उनले बताए । जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने बादी समुदायले यसपटक रोजगारी सिर्जना गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । पहिला पहिला बादी समुदायले गर्ने पुख्यौली पेसा अहिलेको पुस्ताले छोडिसकेको र खेतीपाती गर्न जग्गाजमिन नभएपछि उनीहरूलाई सिपमा आधारित रोजगारीको व्यवस्था सरकारले गर्नुपर्ने बादी समुदायको माग ।
कैलालीको लम्कीचुहा, टीकापुर, गोदावरीलगायतका पालिकामा बादी समुदायको बसोबास रहेको छ ।
प्रतिक्रिया