धनगढी । धनगढीमा लागुऔषध दुर्व्यसनविरुद्ध पैदलयात्रा गरिएको छ । नेपाल विद्यार्थी संघ धनगढी उपमहानगर कार्यसमितिको आयोजनामा 'लागुऔषध त्यागौँ, स्वस्थ र सुखी जीवनतर्फ लागौँ' भन्ने मूल नाराका साथ धनगढी चौराहा हुँदै पार्कमोडसम्म बृहत पैदलयात्रा गरिएको हो ।
पछिल्लो समय युवाहरु दुर्व्यसमा फसिरहेका र आफ्नो भविष्यसँगै घरपरिवारलाई पनि तहसनहस बनाइरहेका हुँदा समाजमा सचेतना फैलाउने उद्देश्यले पैदलयात्राको आयोजना गरिएको नेपाल विद्यार्थी संघ धनगढी नगर इकाइ सभापति तथा कार्यक्रम संयोजक दिपेश बोहराले बताए ।
पैदलयात्रामा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिइन् । उनी सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी भएकी थिइन् भने सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का लगायतको आतिथ्यता रहेको थियो ।
यसैगरी जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, नेवि संघका केन्द्रीय पदाधिकारीदेखि जिल्ला नगर इकाइका पदाधिकारी, जेसिज, धनगढीका विभिन्न क्याम्पस एवं विद्यालयका विद्यार्थीहरू, सामाजिक अभियन्ता लगायतका व्यक्तिहरूको उपस्थिति रहेको बताइएको छ ।
प्रतिक्रिया