काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ३४ औँ स्थापना दिवस मनाइरहेको छ । अख्तियारको स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।
पूर्व निर्धारित कार्यक्रममा सहभागी नभएपछि उनको स्वास्थ्यबारे चर्चा भइरहेको छ । प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँले स्वास्थ्यमा समस्या भएर नभई चार बजे बिहानसम्म प्रधानमन्त्री बसेकाले उठ्न ढिला भएपछि कार्यक्रममा नगएका जानकारी दिएका छन् । उनी ‘लेट नाइट’ बसेकाले सहभागी हुन नसकेको जनाइएको छ ।
प्रतिक्रिया