धनगढी । कैलालीमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन् । सोमबार साँझ धनगढी उपमहानगरपालिका-२ ब्यारेल नजिकबाट वडा नम्बर ५ बस्ने २२ वर्षीय खगेन्द्र चौधरी ८९० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेका हुन् ।
यसैगरी, हिजो नै धनगढी-८ धनगढीगाउँबाट सोही ठाउँ बस्ने २८ वर्षीय नरेश चौधरी १ ग्राम ४७० मिलिग्राम र गोदावरी नगरपालिका-५ गेटामा भित्रि सडकखण्डबाट सोही ठाउँ बस्ने २७ वर्षीय महेश रानालाई ४९० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रतिक्रिया