रौतहट । आज बिहान स्कार्पियो र मालवाहक ट्रक ठोकिँदा ५ जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका-५ चाँदी पुलमा ना ४ च ३६९४ नम्बरको स्कारपिओ र बा प्र ०१–००६ ख ५७ २९ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।
ठक्करबाट स्कार्पियोमा सवार स्थानीय मौलापुर नगरपालिका-३ का २० वर्षीय सुदीप कुमार यादव, दुर्गा भगवती गाउँपालिका-५ का १८ वर्षीय प्रशान्त ठाकुर, स्कार्पियोका चालक बौधीमाई नगरपालिका-३ मटिअर्वाका २१ वर्षीय रामविनय महतो, बौधीमाई-२ का १८ वर्षीय प्रदीप कुश्वाहा र बारा सिम्रौणगढ नगरपालिका-७ का २८ वर्षीय सन्तोष कुश्वाहा घाइते भएका इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर विशाल तामाङले बताए ।
घाइतेहरूलाई चन्द्रपुर प्रालि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्रक र चालक दोलखा जिरि नगरपालिका-४ बस्ने वर्ष २८ को फुरी तामाङ र स्कार्पियो इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया