ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा

मङ्गलबार २९, माघ २०८१ ०१:०४

काठमाडौँ । विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको 'भ्रष्टाचार अवधारणा सूचकांक'अनुसार नेपाल १०७औं स्थानमा परेको देखाएको हो । 

सर्वेक्षण गरिएका १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा छ भने विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा साउथ सुडान छ । साउथ सुडानले कुल १०० मा जम्मा ८ अंक प्राप्त गरेको छ । ट्रान्सपरेन्सीका अनुसार सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट भन्ने जनाउँछ ।

नेपालले १०० मा जम्मा ३४ अंक प्राप्त गरेको छ । गत वर्ष नेपालले यस्तो अंक ३५ पाएको थियो ।

प्रतिक्रिया