धनगढी । कञ्चनपुरमा झण्डै ९ किलो चरेससहित दुई युवक पक्राउ परेका छन् । मङ्गलबार भीमदत्त नगरपालिका-९ ब्रह्मदेवबाट बझाङको पाथिभारा गाउँपालिका-२ बस्ने महेन्द्रबहादुर रोकाया र अमरबशादुर रोकाया चरेससहित पक्राउ परेका हुन् ।
उनीहरुलाई ८ किलो ९२६ ग्राम लागुऔषध चरेस जस्तो देखिने कालो पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया