ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विपिन जोशी रिहाइको पहलबारे संसद्‍लाई जानकारी गराउन माग

मङ्गलबार २९, माघ २०८१ ०२:५८

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले हमासको कब्जमा रहेका विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसद्‍लाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले विपिनको रिहाइका लागि भइरहेको पहलबारे संसद्‍लाई जानकारी गराउन सरकारसँग माग गरेका हुन् । 

इजरायल र हमासबीच युद्धविराम भएयता अन्य देशका बन्धक बनाइएकाहरु रिहा भइरहेका भए पनि विपिनको अहिलेसम्म अत्तोपत्तो नभएको उनको भनाइ छ । 

'कञ्चनपुरका विपिन जोशीको अहिलेसम्म अत्तोपत्तो छैन । त्यो मान्छे कहाँ छ ? जिउँदो मर्दो के छ, सरकारले संसदलाई जानकारी गराउनु पर्दैन ? बाहिरबाहिर कुरा सुनिन्छ, उहाँ जिवित्तै हुनुहुन्छ । हमासले नछोडेको भनेर मात्रै सरकारको जिम्मेवारी पूरा हुँदैन । रिहाइका लागि सरकारले गरिरहेको पहलबारे संसद्लाई जानकारी होस्,’ उनले भने ।

प्रतिक्रिया