ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पोर्चुगल पठाउने भन्दै ठगी गर्ने डोटीका युवक पक्राउ

मङ्गलबार २९, माघ २०८१ ०३:५८

धनगढी । पोर्चुगल पठाउने भन्दै ठगी गर्ने डोटीका एक युवक पक्राउ परेका छन् । डोटीको बडीकेदार गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका–१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा पक्राउ परेका हुन् । 

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिने भन्दै तीन जनाबाट नौ लाख रुपैयाँ लिएर जेठारा सम्पर्कविहीन भएका थिए । उनलाई काठमाडौँमै पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक सूचना अधिकारी काजीकुमार आचार्यले बताए । 

जेठारासँगै जापान पठाइदिने भन्दै ठगी गर्ने नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई काठमाडौँको नागार्जुन नगरपालिका–२ बस्ने ३७ वर्षीय राजकुमार लामा पनि पक्राउ परेका छन् । जापान पठाइदिने भन्दै एक जनाबाट पाँच लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका राजकुमारलाई पनि  वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 
 

प्रतिक्रिया