ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा प्रहरीमाथि आक्रमण

बुधबार ३०, माघ २०८१ ०७:५८

धनगढी । कैलालीको धनगढीमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने टेकबहादुर टमटा रहेका छन् । उनलाई मंगलबार राति पक्राउ गरिएको हो । 

मंगलबार रातिदेखि एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा ती युवकले धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने प्रयास गरेको देखिन्छ ।

हरहर महादेव भन्दै हातमा चक्कु लिएर सडकमा हिडिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिन खोजेको भिडियोमा देख्न सकिन्छ । 

प्रतिक्रिया