ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा हस्पिटालिटी मिट सम्पन्न

बुधबार ३०, माघ २०८१ ११:२४

धनगढी । धनगढीमा हस्पिटालिटी मिट सम्पन्न भएको छ । हेडवय एजुकेशन फाउण्डेशनले गरेको हस्पिटालिटी मिटमा पाँच सयभन्दा बढी हस्पिटालिटी क्षेत्रका विज्ञ, कलेज संचालक तथा विद्यार्थीहरुसँग अन्तरक्रिया गरिएको थियो । 

हस्पिटालिटी क्षेत्रका विज्ञ, शैक्षिक संस्था, विद्यार्थी र सरोकारवालालाई एकै ठाउँमा राखेर सुदूरपश्चिममा हस्पिटालिटी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले मिट आयोजना गरिएको हो ।

सुदूरपश्चिम एजुकेशनल हस्पिटालिटी मिट नामक कार्यक्रममार्फत जनशक्ति उत्पादन गरी बढ्दो बेरोजगारी समस्या समाधान गर्न उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा वेदान्त विद्यापीठका संचालक एवं सुदूरपश्चिममा हस्पिटालिटी क्षेत्रको जग बसाल्ने दुर्गा जोशी, कैलाली बहुमुखी क्याम्पसका बिएचएम कोर्डिनेटर नरेन्द्र शाहले आफूहरूले खेलेको भूमिकाका कारण यस क्षेत्रले गति लिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सामाजिक विकासमन्त्री मेघराज खड्काले सुदूरपश्चिम प्रदेशमा हस्पिटालिटी क्षेत्रको धेरै सम्भावना रहेकोले शैक्षिक संस्थाहरुले गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने धारण व्यक्त गरे ।

प्रतिक्रिया