धनगढी । कैलालीमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट गोदावरी नगरपालिका–५ बस्ने २६ वर्षीय मनोज रानालाई ६२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ । उनलाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले पक्राउ गरेको हो ।
यस्तै, धनगढी उपमहानगरपालिका– १२ “सी” गाँउबाट सोही ठाउँ बस्ने २३ वर्षीय किसन बिकलाई २९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।
सोही ठाउँबाट ३५ वर्षीय हरि सिंह थापालाई २६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ । तीनै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया