ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको योजना आयोगमा दुई सदस्य थपिए, सुनार र कुँवर नियुक्त

शुक्रबार ०२, फागुन २०८१ ०५:३७

धनगढी । प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिममा दुई सदस्य थप भएका छन् । उपाध्यक्ष र दुई सदस्यको नियुक्ति भएको डेढ महिनापछि प्रदेश मन्त्रिपरिषद्ले थप दुई सदस्य नियुक्त गरेको हो । 

नयाँ नियुक्त भएका सदस्यमा नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार र एमाले सुदूरपश्चिमको सचिवालय सदस्य कर्ण कुँवर रहेका छन् । सुनारको घर कैलालीको धनगढी हो भने कुँवरको घर बैतडीको पुर्चौडी हो । नवनियुक्त सदस्यहरुको सपथ ग्रहण कार्यक्रम आजै राखिएको छ ।

यसअघि मन्त्रिपरिषद् बैठकले डा. जीवन रानालाई उपाध्यक्षमा नियुक्त गरेको थियो । कैलालीको धनगढीकी राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । यस्तै आयोगको सदस्यमा डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारी पनि यसअघि नै नियुक्त भएका थिए । भण्डारी काँग्रेस डडेल्धुराका सचिव हुन् । चन्द एमाले कञ्चनपुरका नेता हुन् । 

प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको प्रदेशका लागि आवश्यक यथार्थ तथ्याङ्क प्रणालीको विकास गर्नु मुख्य उद्येश्य हो । उपयुक्त विकास नीतिहरु तर्जुमा गर्नु, अपेक्षित प्रतिफलमा आधारित योजना तर्जुमा गर्नु, राष्ट्रिय लक्ष्य र दिगो विकासका लक्ष्यसँग योजनाको सम्बन्ध कायम गर्नु र अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई व्यवस्थित र संस्थागत बनाउनु प्रदेश नीति तथा योजना आयोगको उद्येश्य हो ।
 

प्रतिक्रिया