धनगढी । डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालिप्रसाद जोशी दुई दिनदेखि बेपत्ता भएका छन् । अमरगढी नगरपालिकाको भेल निवासी जोशी बिहीबार बिहानदेखि बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जोशी बेपत्ता भएको भन्दै बिहीबार मौखिक जानकारी आएको थियो । शुक्रबार भने लिखित निवेदन पनि आएको कार्यालयले जनाएको छ ।
जोशीको खोजीका लागि डडेल्धुरा प्रहरीका विभिन्न युनिटसंगै अन्य जिल्ला र प्रदेश प्रहरीलाई हुलिया परिपत्र गरिएको डडेल्धुरा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया