काठमाडौं । सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ ।
गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको हो । गत शुक्रबार प्रतितोला सुन १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएकोमा आइतबार सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।
यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस २ हजार ८ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया