ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीको एक घरमा आगलागी, आठ लाखको क्षति

सोमबार ०५, फागुन २०८१ १०:२१

धनगढी । कैलालीको एक घरमा आगलागी भएको छ । आइतबार राति ८:४५ बजेको समयमा घोडाघोडी नगरपालिका-४ जनकपुर बस्ने खुसिराम चौधरीको काठ र माटोले बनेको जस्ता पाताले छाएको एकतले चार कोठे घरमा आगलागी भएको हो । 

भान्सामा बालेको आगोबाट आगलागी हुँदा एउटा बाख्राको जलेर मृत्यु भएको र घरभित्र रहेका नगद, अन्नपात, लत्ताकपडा, खाद्यान्न लगायतका सामानहरु गरी अन्दाजी ८ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । 

स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया