धनगढी । कैलालीमा प्रहरीले गहुँ बारीबाट अवैध काठ बरामद गरेको छ । आइतबार राति १०:२५ बजेको समयमा इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको गस्ती टोलीले भजनी नगरपालिका-५ चमरौदामा गहुँ बारीबाट अवैध काठ बरामद गरेको हो ।
चिराएर राखेको सालको काठ कडी १७ थान र फ्रेम ७ थान गरी जम्मा २४ थान (१२.३३ क्युफिट) काठ बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय भजनी, कैलालीमा बुझाएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया