बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका-४ की २३ वर्षीया दिपा महराको आइतबार दिउँसो घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
वडा नम्बर ४ कै जयसिंया भिरबाट लडेर महराको घटनास्थलमै मृत्यु भएको सो वडाका अध्यक्ष एवम् सुर्नया गाउँपालिकाका प्रवक्ता प्रताप महराले जानकारी दिए । दिपाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने घरमा ८ महिने छोरा मात्र छन् ।
प्रतिक्रिया