ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आधा किलो बढी सुन र ३ किलो चाँदीसहित भारतीय पक्राउ

सोमबार ०५, फागुन २०८१ ०२:५२

काठमाडौँ । आधा किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको महाराष्ट्र घर भएका ३० वर्षीय मुकेश महादेव चाँगुलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार पक्राउ गरेको हो । 

प्रहरीले उनको साथबाट ७६१.६६ ग्राम सुन, ३ किलो १ सय ग्राम अवैध चाँदी र ५ लाख १० हजार नगद  बरामद गरेको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-९ बस्दै आएका उनलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

प्रहरीका अनुसार उनले विदेशबाट आएका व्यक्तिहरुको सुन किनेर बेच्ने गरेका थिए । उनले विदेशबाट भन्सार छलेर ल्याइएका सुन किन्ने र गालेर बेच्ने गरेको पाइएको  हो ।
 

प्रतिक्रिया