ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सामुदायिक वनभित्र शव फेला

मङ्गलबार ०६, फागुन २०८१ १२:०५

लमही । दाङको लमही नगरपालिका-५ मा रहेको अजम्मरी सामुदायिक वन क्षेत्रभित्र एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार वनभित्र सोही वडाको रातोडाँडा बस्ने ४१ वर्षीय योगेन्द्र बहादुर खत्रीको शव भेटिएको हो । 

गत मंगलबारदेखि सम्पर्कविहीन रहेका उनी सोमबार अपराह्न सामुदायिक वनभित्र खोल्सामा पल्टिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

गाईबाखा चराउन गएका गोठालाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया