एजेन्सी । दक्षिण अमेरिकी देश बोलिभियाको पहाडी सडकमा गाडी दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । दक्षिण–पश्चिमी जिल्ला योकाल्लामा गाडी सडकबाट तल खसेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
एक स्थानीय अस्पतालका अधिकारीले दुर्घटनामा चार बालबालिकासहित १४ जना घाइते भएको बताएका छन् । स्थानीय समाचार संस्था युनिटेलले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाएको छ ।
तीव्र गतिका कारण चालकले बसलाई नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने अधिकारीहरूको अनुमान छ । दुर्घटना पोटोसी र ओरुरो शहरको बीचमा भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया