धनगढी । सुदूरपश्चिम प्रदेशमा ५०.९ प्रतिशत मतदान भएको छ । प्रदेशभर आठ लाख ७४ हजार १७७ जनाले मतदान गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् । पाँच जिल्लामा भने आधाले पनि मत हालेनन । सबैभन्दा कम अछाममा ३९.२, डोटीमा ४०.९, बझाङमा ४१.१, बैतडीमा ४६.८ र डडेल्धुरामा ४९.२ प्रतिशत मतदान भएको छ ।
कैलालीमा ५५.४, कंचनपुरमा ५८.६, बाजुरामा ५२.६ र दार्चुलामा ५३.८ प्रतिशत मतदान भएको छ ।
१६ प्रतिनिधिसभा सिटका लागि प्रदेशमा २०८ जना चुनावी मैदानमा छन् । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सबै क्षेत्रमा उम्मेदवार उठाएको छ भने अन्य केही दल र स्वतन्त्र उम्मेदवार छन् ।
प्रतिक्रिया