धनगढी । कैलालीको अत्तरियामा पानीमा डुबेर बालकको मृत्यु भएको छ ।
मंगलबार घर आँगनमा रहेको नल्काको पानी जम्मा गर्न बनाएको खाल्डोमा डुबेर गोदावरी नगरपालिका–१ बाँसबारी बस्ने प्रेम विकका तीन वर्षीय छोरा पीयूष विकको मृत्यु भएको हो ।
खाल्डोको पानीमा डुबेर घाइते भएका बालकको उपचारका माया मेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
प्रतिक्रिया