धनगढी । हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सामाजिक सञ्जालमा आफूमाथि लगाइएको आरोप आधारहीन भएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै उनीहरूले आफूमाथि लगाइएका आरोपमा कुनै सत्यता नरहेको बताएका हुन्।
‘केही जमातले मह जोडीले यूएसएडको पैसा खाएर धर्म विरोधी काम गर्यो भन्ने सुनियो, यो अनरगल प्रचार हो,’ आरोपको खण्डन गर्दै मह जोडीले भने, ‘हामीले गलत गरेका छैनौँ । हामी सबैलाई आफ्नो हितैसी सम्झिन्छौँ । आफ्नो हितैसीले नै यस्तो आरोप लगाएपछि चित्त दुखेको छ,ु कलाकार श्रेष्ठले भने, ुसंसारमा राम्रा कुराहरू पनि छन् नराम्रा कुराहरू पनि यस कारण हामीले राम्रा कुराहरू मात्र छानेर काम गर्दै आएका छौँ ।’
सोही भिडियोमार्फत आफूहरू कुनै पनि धर्म विरोधी नरहेको कलाकार आचार्यले बताए । नियोजित रूपमा कोही व्यक्ति विशेष र समूह दुष्प्रचारमा लागिरहेको उनको भनाइ छ ।
मह सञ्चारले टेलिसिरयल बनाउन यूएसएआईडीमार्फत पैसा लिएर हिन्दु धर्मविरोधी गतिविधि गरेको आरोप हरिवंश र मदनकृष्णलाई लागिरहेको छ ।
प्रतिक्रिया