धनगढी । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले कार्यकाल सकिने मिति नजिकिँदै गर्दा नेपाल प्रहरीको नेतृत्व परिवर्तनको चर्चा चुलिएको छ । ३०औं आइजीपीका रूपमा २०७९ चैत १० गते नियुक्त भएका कुँवर ५ चैतमा अनिवार्य अवकाश पाउदैछन् ।
एआइजी सुदीप गिरीलाई पनि नयाँ आइजीपीका रुपमा हेरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत गिरीसँगै दीपक थापा र टेकबहादुर तामाङ पनि आइजीपीको दौडमा छन् ।
प्रहरी संगठनभित्र कुशल कार्यक्षमता भएको अफिसरको छवि बनाएका गिरी राजनीतिक रूपमा समेत सबै दलसँग राम्रो सम्बन्ध रहेका व्यक्ति हुन् । त्यसैले पनि गिरीको सम्भावना बलियो रहेको सुरक्षा स्रोतको दाबी छ ।
प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका गिरी प्रहरी निरीक्षकको ११०औं ब्याचका अलराउन्डर अफिसर हुन् ।
यस्तै, आइजीपीको दौडमा रहेका एआइजी थापा हाल केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी र तामाङ अपराध अनुसन्धान विभागमा कार्यरत छन् ।
प्रतिक्रिया