ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा सात महिनामा भिरबाट लडेर ११ जनाको मृत्यु

शनिबार १०, फागुन २०८१ ०८:३१


बैतडी । बैतडीमा पछिल्लो सात महिनामा भिरबाट लडेर ११ जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष २०८१–८२ मा मात्रै  भिरबाट लडेर ११ जनाको मृत्यु भएको हो ।

चालु आवमा प्रहरीमा खबर पुगेका मात्रै ११ जनाको भिरबाट लडेर तथा एक जनाको रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताए । 

प्रहरीका अनुसार जिल्लामा घाँसदाउरा काट्न गएका, बाटो हिँड्दा भिरबाट लडेर अकालमै ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या धेरै छ । 
 

प्रतिक्रिया