ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा-छोरीकै मृत्यु

शनिबार १०, फागुन २०८१ ०१:४३

धनगढी । कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा र छोरीको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो उनीहरु विषादी सेवन गरेको अवस्थामा भेटिएको थिए ।

दुवै जनालाई उपचारका लागि धनगढीको कैलाली अस्पताल ल्याएका थिए । तर उनीहरुको उपचारकै क्रममा मृत्यु भएको कैलाली प्रहरीका डीएसपी कबिन्द्र बोहराले बताए । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया