बैतडी । बैतडीमा १० दिनअघि भिरमा फेला परेको शवको अझै सनाखत हुन सकेको छैन् । फागुन १ गते जिल्लाको पाटन नगरपालिका–८ आरुबाटा भीरमा उक्त शव फेला परेको थियो ।
प्रहरीले उक्त शवलाई भिबाट निकालेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको थियो । सडेको अवस्थामा फेला परेको उक्त शवको हुलिया सार्वजनिक गरिएको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन ।
जिल्ला अस्पतालको शव गृहमा राखिएको शवको सनाखत नभएपछि शव व्यवस्थापन गर्ने प्रक्रियामा जाने तयारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
प्रतिक्रिया