ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कुम्भ मेलाबाट फर्कि‌एका नेपाली चढेको गाडी दुर्घटना, चार जनाको मृत्यु

शनिबार १०, फागुन २०८१ ०५:३३

काठमाडौं । कुम्भ मेलाबाट फर्कि‌एका नेपाली चढेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको प्रयागराजस्थित कुम्भ स्नान गरेर फर्किएका चार नेपालीको गाडी दुर्घटनामा मृत्यु भएको हो । 

सप्तरीको कञ्चनरुप नगरपालिका–७ की लिलादेवी चौधरी, कञ्चनरुप–७ कै पर्शुराम चौधरी र कञ्चनरुप–५, पिपरा पूर्वकी हरिहरदेवी यादवको मृत्यु भएको हो । 

उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रअन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु भएकामध्ये तीनजना सप्तरी र एकजना सुनसरीका छन् । 
 

प्रतिक्रिया