ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जन्मदिनमा केक काटेर ओलीले उद्घाटन गरे केपी ओली कप

आइतबार ११, फागुन २०८१ ०३:५७

नेकपा एमालेनिकट युवा संघको आयोजनामा आइतबार केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

च्यासलस्थित एन्फा कम्प्लेक्समा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीको आज ७४ औं जन्मदिन पनि हो । उनले बिहानै सामाजिक सञ्जालबाट अन्य केही कार्यक्रम नराखिएको र एन्फा कम्प्लेक्समै आयोजित कार्यक्रममा शुभकामना साटासाट हुने बताएका थिए ।

ओलीको जन्मदिन पारेर सुरु गरिएको यस प्रतियोगिताको सुरुवात केक काटेर गरिएको थियो ।

प्रतिक्रिया