धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका समर्थकले पत्रकारलाई धम्क्याएको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ । धनगढीबाट प्रकाशिन हुुने पश्चिम टुडे दैनिकका प्रधान सम्पादक दीर्घराज उपाध्यायले आफूलाई मेयर हमालका समर्थकले धम्क्याएको भन्दै पत्रकार महासंघमा निवेदन दिएपछि महासंघले आपत्ति जनाएको हो ।
नेपाल पत्रकार महासंघ कैलाली शाखा र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले उपाध्यायलाई धम्क्याएको घटनाप्रसत ध्यानाकर्षण भएको जनाएका छन् । दुवै समितिले छुट्टाछुुट्टै विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
पश्चिम टुडे दैनिकमा प्रधान सम्पादक उपाध्यायले धनगढीका मेयर हमालका विषयमा समाचार र लेख प्रकाशित गरेका थिए । सोही लेखको विषयलाई लिएर धनगढीका मेयरका समर्थकहरुले धम्क्याएको उपाध्यायको दाबी छ ।
यस्तै, उपाध्यायले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन् । सुरक्षाको माग गर्दै आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई उपाध्यायले निवेदन दिएका हुन् ।
प्रतिक्रिया