धनगढी । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर मृत भेटिएको घटना छानबिन गर्न समिति गठन भएको छ । शनिबार राति सिन्धुपाल्चोक घर भई कास्कीको पोखरा तालिम केन्द्र महिला प्रशिक्षार्थी भवनमा रहेको शौचालयमा इन्स्पेक्टर सन्तोषी महत मृत फेला परेकी थिइन् ।
घटनाको अनुसन्धानका लागि डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको हो । सशस्त्र प्रहरीकै एक सिनियर इन्स्पेक्टरसँगको सम्बन्धका कारण घटना भएको हुनसक्ने परिवारको आशंका छ।
प्रतिक्रिया