ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गगन थापा भन्छन्– दुर्व्यवहार सहेर कांग्रेस सरकारमा बस्दैन

सोमबार १२, फागुन २०८१ ०४:५५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा रहेर कांग्रेसले चकचक नगर्ने र उपद्रो पनि नगर्ने बताएका छन् । प्युठानमा भएको कांग्रेस जिल्ला सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

उनले दुर्व्यवहार सहेर कांग्रेस सरकारमा नबस्ने पनि बताए । ‘न एमालेलाई हेप्छौँ न एमालेसँग झुक्छौँ,’ उनले भने, ‘दुर्व्यवहार सहेर कांग्रेस सरकारमा बस्दैन । मिलेर सर्तका आधारमा सरकार चलाउछौँ ।’

गत संघीय चुनावमा रुखमा भोट नहाल्न भनेकोमा माफी मागेका छन् । ०७९ को संघीय चुनावमा तत्कालीन गठबन्धनबाट प्युठान राष्ट्रिय जनमोर्चाको भागमा परेको थियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । 

प्रतिक्रिया