ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा बाघको आक्रमणबाट एकजना घाइते

सोमबार १२, फागुन २०८१ ०५:३६

दार्चुला । बैतडीको मेलौली नगरपालिका–३ मा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । मेलौलीको कोला खोलामा सोमबार बिहान बाख्रा चराउन गएका ३८ वर्षीय गणेशसिंह भाटलाई बाघले आक्रमण गरेको हो ।

सोमबार बिहान करिब १०ः३० बजे कोला खोला जंगल क्षेत्रमा बाघले आक्रमण गरेको हो । गणेशसिंह आफूसँग रहेको हँसिया प्रयोग गरी बाघलाई हानेर भागेका थिए ।

घाइते गणेशसिंहलाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । बाघको आक्रमणपछि उक्त क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया