ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

क्रिकेटर ऐरी ‘धनगढी एफसी’को एम्बेसडर नियुक्त

मङ्गलबार १३, फागुन २०८१ ०१:१९

धनगढी । धनगढी एफसीले नेपाल सुपर लिग एनएसएल सिजनका लागि नेपाली क्रिकेट टोलीकासदस्य दीपेन्द्रसिंह ऐरीलाई एम्बेसडर नियुक्त गरेको छ । ऐरी विश्व टी–२० अलराउण्ड खेलाडीको सूचीमा दुई नम्बरमा रहेका छन् । सुदूरपश्चिम प्रदेशका ऐरीले नेपालको तर्फबाट ओडीआई र टी–ट्वान्टीआई खेलमा प्रतिनिधित्व गर्दै दुई शतक र १२ अर्ध शतक प्रहार गरेका छन् । साथै, उनले आफ्नो बलिङमा ८७ विकेट पनि लिएका छन् ।

धनगढी एफसीका अध्यक्ष सुवास शाहीले ऐरीलाई क्लबको एम्बेसडर नियुक्त गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘दीपेन्द्रसिंह ऐरीले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुगाएका छन्, जुन सम्पूर्ण सुदूरपश्चिम प्रदेशका लागि गर्वको विषय हो,’ उनले भने । 

एम्बेसडर ऐरीले पनि क्लबसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताए । धनगढी एफसीले यसअघि नै नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर कृतिश रत्न छुन्जुलाई आफ्नो मार्की खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ । त्यस्तै, क्लबले लेबनानी प्रिमियर लिग क्लब बुरज एफसीका स्ट्राईकर अहमद हिजाजीलाई लोनमा साइन गरेको छ । 

हिजाजीले एनएसएल २०२३ मा धनगढी एफसीबाट खेलेका थिए । जहाँ उनले ४ गोल गर्दै टिमलाई फाईनलसम्म पुर्याएका थिए । धनगढी एफसी एनएसएल २०२१ र एनएसएल २०२३ दुवै संस्करणमा उपविजेता बनेको थियो ।

प्रतिक्रिया