ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीका ११८३ स्कुले छात्रालाई पोसाक

मङ्गलबार १३, फागुन २०८१ ०१:४७

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत छात्रालाई पोसाक वितरण सुरु गरेको छ । ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ८३ छात्रालाई पोसाक वितरण गर्न थालिएको उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिए । 

९ नम्बर वडामा रहेको भवानी मावि, १२ नम्बर वडाको सिद्धनाथ मावि, वडा नम्बर १८ को चन्द्रोदय मावि, वडा नम्बर १६ को बेहडाबाबा मावि र वडा नम्बर ११ को ठेकराज माविका छात्राहरुलाई पोसाक वितरण भइरहेको मेयर हमालले बताए । 

‘सर्ट, पाइन्ट, सुइटर, ट्रयाक सुट, टिसर्ट, दुई जोर कालो र सेतो जुता, दुई जोर निलो र सेतो मोजा र झोला हस्तान्तरण गर्न थालिएको छ,’ मेयर हमालले भने । उनका अनुसार नगर प्रमुख शैक्षिक कोषमा विभिन्न सहयोगी संघसस्था र व्यक्तिबाट ५९ लाख ४० हजार ७५० रुपैयाँ जम्मा भएको थियो । 
 

प्रतिक्रिया