धनगढी । बैतडीको एक होटलमा पुरुष मृत फेला परेका छन् । जिल्लाको मेलौली नगरपालिका–७ को एक होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका हुन् । मेलौली–१ का ५५ वर्षीय तेज सिंह मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार होटलमा सुतिरहेको अवस्थामा तेज मृत भेटिएका हुन् । सोमबार राति उनी उक्त होटलमा खाना खाएर सुतेका थिए ।
केही समयदेखि काठमाडौं बस्दै आएका तेज भारतमा लागेको कुम्भमेला दर्शन गरी पूजापाठका लागि भन्दै मेलौली आएको बुझिएको छ ।
प्रतिक्रिया