ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

द्वन्द्वकालमा बेपत्ता भएका दार्चुलाका देवसिंह २२ वर्षपछि फर्के घर

बुधबार १४, फागुन २०८१ ०९:३०

दार्चुला । माओवादी द्वन्द्वकालका बेला बेपत्ता भएका दार्चुलाका देवसिंह धामी २२ वर्षपछि घर फर्केका छन् ।

०५९ सालमा बेपत्ता भएका शैल्यशिखर नगरपालिका–१, बारिल घर भएका धामी २२ वर्षपछि घर फर्किएका हुन् । 

देव २२ वर्षअघि १७ वर्षको उमेरमा तत्कालीन माओवादी लडाकुहरूले निर्घात कुटपिट गरेपछि गाउँबाट भागेर भारत पसेका थिए ।

माओवादीले मरिसक्यो भनेर छोडेका देव चौलानी नदी पार गरी बैतडी हुँदै भारत पुगेको बताउँछन् । यो अवधिमा भारतको सिमलाको विभिन्न गाउँमा लुकेर बसेको धामीले बताए । 
 

प्रतिक्रिया